ऋतिक र क्याट्रिना बिचको सम्बन्ध दोहोरिएलान त ?


त्यसो त क्याट्रिना कैफ तथा ऋतिक रोशनद्वारा अभिनीत एक्सन तथा थ्रिलर चलचित्र बैंग बैंगले वक्सअफिसमा कुनै कमाल गर्न सकेन, तर चलचित्रमा यी दुई कलाकारको प्रस्तुति हेर्न लायक थियो, धेरैले उनीहरूको अभिनयको खुलेरै प्रशंसा गरे । गत वर्ष जब चलचित्र ए जेन्टलम्यान को चर्चा भयो तब धेरैलाई लाग्यो यो चलचित्र बैंग बैंगको सिक्वेल हो । यद्यपि उक्त चलचित्र सिक्वेल थिएन, तर अब वास्तवमै चलचित्र बैंग बैंगको सिक्वेल बन्ने भएको छ । समचारअनुसार उक्त चलचित्रको शीर्षक बैंग बैंग रिलोडेड राखिएको छ । ऋतिक रोशन र क्याट्रिना कैफले नै पुन: उक्त चलचित्रमा काम गर्न सक्ने अनुमान गरिन्छ । ऋतिक अहिले विकास बहलको चलचित्र ‘सुपर–१०’ को छायांकनमा व्यस्त छन् भने क्याट्रिना आमिर खानको ठग्स अफ हिन्दुस्तान तथा जिरोमा व्यस्त छिन् । दर्शकले बैंग बैंग रिलोडेडमा ऋतिक र क्याट्रिनालाई हेर्न पाउने हुन् कि होइनन् भन्ने रहस्य बिस्तारै खुल्दै जानेछ ।

No comments