धर्मगुरु आसाराम बापुलाई किशोरी बलात्कार गरेको ठहर गर्दै आजीवन कारावासको सजाय - SK Media

धर्मगुरु आसाराम बापुलाई किशोरी बलात्कार गरेको ठहर गर्दै आजीवन कारावासको सजाय

पोखरा  — भारतका चर्चित स्वघोषित धर्मगुरु आसाराम बापुलाई किशोरी बलात्कार गरेको ठहर गर्दै आजीवन कारावासको सजाय दिइएको छ ।राजस्थनको एक अदालतले बुधबार सन् २०१५  मा जोधपुरस्थित आश्रममा एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको ठहर गर्दै आसारामलाई आजीवन जेल सजाय दिएको हो। अन्य दुई जनलाई पनि २० वर्षका दरले जेल सजाय दिइएको छ। उनको आश्रमले भने अभियोग अस्वीकार गर्दै माथिल्लो अदालतमा अपील गर्ने बताएको छ। उनी विगत ५६ महिनादेखि बलात्कार अभियोगमा हिरासतमा थिए। ७७ वर्षका आशारामले भारत र विश्वभर गरेर ४०० वटा आश्रम चलाएको र ति स्थानहरुमा ध्यान र योग सिकाउने गरेको बीबीसीले जनाएको छ। उनकोबिरुद्धमा गुजरातमा पनि अर्को एक बलात्कारको मुद्दा चलिरहेको छ। 'म खुशी छु, हामीले न्याय पायौं, न्यायलयप्रति हाम्रो विश्वास छ' पीडित किशोरीका बाबुको भनाई हिन्दुस्थान टाइम्सले लेखेको छ। उत्तर प्रदेश सरकारले उनको परिवारको सुरक्षाको व्यवस्था गरेको बताइएको छ। आसारामका समर्थकहरुले हिंसा भड्काउन सक्ने आशंकामा जोधपुर र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यिनै हुन् आसाराम बापु



हाल पाकिस्तानमा पर्ने सिन्ध प्रदेशको बेर्नै गाउँमा सन् १९४१ मा जन्मेका आसारामको खास नाम असुमल हर्पलनी हो । भारत र पाकिस्तानबीच छुट्टभिन्न हुने बेलामा उनको परिवार गुजरातको अहमदवादमा आएर बसोबास गर्न थालेका थिए । बीबीसीका अनुसार सन् १९६० को दशकमा उनी अध्यात्मका लागि बिभिन्न गुरुकोमा धाउन थाले । त्यही बेला एक जना गुरुले उनलाई आसाराम नाम दिएका थिए । उनले सन् १९७२ मा पहिलो पटक गुजरातको सवर्मती नदीको छेउस्थित मटेरामा आश्रम खोलेका थिए । त्यसपछिको केही दशकमा नै उनको प्रभाव भारत र विश्वका बिभिन्न देशहरुमा फैलियो । प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका भारतका धेरै उच्च राजनीतिकर्मीहरुले यसअघि उनको कार्यक्रमहरुमा भाग लिएका छन् । उनको चार करोड भन्दा धेरै अनुयायीहरु रहेको बताइन्छ । साथै उनको अर्वौं सम्पति रहेको पनि बताइएको छ । उनको बिरुद्धमा गुजरातको एक अदालतमा बलात्कारको अर्को मुद्दा चलिरहेको छ ।

No comments